काठमाडौं । चौधरी ग्रुप अन्तर्गत एलिका ब्रान्डको पहिलो एक्सक्लुसिभ ब्रान्डसप काठमाडौँको टेकुमा खोलिएको छ ।
एलिका पिबी व्हर्पुल किचेन अप्लाएन्सेस प्रालिका प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक प्रल्हाद भुताड र सिजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एससि साबुको उपस्थितिमा शोरुमको उद्घाटन भएको हो ।
एलिका ब्रान्डसपमा एलिका ब्रान्डको चिम्नी, बिल्ट–इन ओभन, माइक्रोवेभ ओभन, डिसवासर, कुकिङ्ग रेन्ज, हब्स र कुक टप्स लगायत अन्य विभिन्न घरायसी विधुतीय सामाग्रीहरु रहेका छन् । यस एलिका ब्रान्डसप टेकुको मुख्य व्यापारिक केन्द्रमा पर्दछ जहाँ निःशुल्क पार्किङ्गको पनि व्यवस्था रहेको छ ।
काठमाडौँको स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन, बिक्री वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहक सेवा, उपयोग तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्य सहित यो शोरुम संचालन गरिएको छ । दक्ष्य तथा अनुभवी बिक्री प्रतिनिधिहरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुको पूर्ण जानकारी पनि लिन सकिने छ ।
काठमाडौँको टेकुमा खोलिएको यस एलिका ब्रान्डसपमा ओपेनिङ्गको बिशेष छुट, शून्य प्रतिशत सरल किस्ताबन्दी, निःशुल्क जडानका साथसाथै प्रोडक्ट लाइभ डेमो र प्रिभेन्टिभ मेन्टिनेन्स सर्भिसको पनि व्यवस्था गरिएको छ । त्यसका साथै ग्राहक वर्गको आवश्यक्ता अनुसार निःशुल्क साइट भिजिटको पनि व्यवस्था छ ।
योसँगै काठमाडौँको टेकुमा खोलिएको यस एलिका ब्रान्डसप अब सिजी इलेक्ट्रोनिक्सको रिटेल चेन शोरुम अन्तर्गत २४औं शाखा रहने छ र आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न शहरमा बिस्तार गरिने पनि कम्पनीले जानकारी दिएको छ ।