भिजि इम्पेक्सबाट विद्युतीय सवारी किन्दा प्रभु बैंकले सजिलै कर्जा दिने

Advertisement

काठमाडौं । प्रभु बैंक र भिजि इम्पेक्स प्रालिबीच विद्युतीय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता भएको छ । 

उक्त सम्झौतामा बैंकका प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भिजि इम्पेक्स उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन् । 

Advertisement

उक्त सम्झौता अनुसार भिजि इम्पेक्सबाट आयात गरिएको इलेक्ट्रिक भेहिकल इच्छुक ग्राहकहरुले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । 

हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । 

यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।
 

Advertisement

Advertisement