निर्माणधीन संसद भवनको प्रगति जम्मा करिव ६५ प्रतिशत, सभामुख भन्छन्– चित्त बुझेन

Advertisement

काठमाडौं । सभामुख देवराज घिमिरेले निर्माणधीन संसद भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताएका छन् । 

बुधवार सम्बन्धित सरोकारवालासँग निर्माणधिन संसद भवनको भौतिक प्रगतिको विवरण लिँदै सभामुख घिमिरेले आफूले केही महिनाअघि लिएको विवरणमा भौतिक प्रगति बढी र आर्थिक प्रगति कम रहेको पाएको तर अहिले आर्थिक र भौतिक प्रगति बराबर भए पनि भौतिक प्रगति उल्लेख्य हुन नसकेको बताए । 

Advertisement

घिमिरेले अहिले निर्माणाधिन संसद भवनको भौतिक प्रगति ६६ प्रतिशत र आर्थिक प्रगति ६३ प्रतिशत रहेको बताए । उनले निर्माणको भुक्तानी बढ्दै जाँदा भौतिक प्रगति भने राम्रो नभएको जिकिर गरे । अहिले सरकारले निर्माण भुक्तानी दिन गाह्रो भएको भन्दै घिमिरेले ठेकेदारहरुले नापेर निर्माणका काम गरिरहेको बताए । 

उनले निर्माणाधीन भवनका लागि भने भुक्तानी दिन कठिनाइ नरहेको बताए । घिमिरेले भने, ‘यो भन्दा अगाडि त्यहाँ भ्रमण गर्दा ६३ प्रतिशत जति भौतिक संरचनाको प्रगति र ५६ प्रतिशत आर्थिक प्रगति भन्ने की खर्च भन्ने त्यो भएको थियो । अहिले मोटामोटी ६६ प्रतिशत भौतिक प्रगति र ६३ प्रतिशत जति आर्थिक प्रगति भन्ने पाइयो । हिजो पैसा खर्च गर्न नसकिएको र अहिले यही आर्थिक वर्षलाई लिँदा ९० प्रतिशत भौतिक प्रगति भएको र ८८ प्रतिशत आर्थिक प्रगति भएको भनेपछि पेमेण्ट बढ्दै गयो, तर भौतिक प्रगति कमजोर देखिएको छ । हिउँदे अधिवेशनको काम यहाँबाट हुन्छ जस्तो लागेन । कामको स्पिड धेरै गएको छैन । अहिले देखेको डरलाग्दो समस्या के हो भने सरकारले पेमेण्ट गर्न गाह्रो छ । त्यो देखेर ठेकेदार पनि काममा नापी नापी गरिरहेका छन् । तर यहाँ त्यो समस्या छैन ।’

उनले हिउँदे अधिवेशन निर्माणाधीन संसद भवनबाट सञ्चालन गर्नेगरी काम गर्न निर्देशन दिएपनि अहिलेसम्मको प्रगतिले हिउँदे अधिवेशन सञ्चालन गर्न नसकिने बताए । 

Advertisement

Advertisement