नेपाल एसबिआई बैंकको २ अर्ब रुपियाँको ऋणपत्र आजदेखि निष्काशन खुला

Advertisement

काठमाडौं । नेपाल एसबिआई बैंकले आजदेखि २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन खुला गरेको छ । 

उक्त कूल निष्काशन मध्ये १२ लाख कित्ता व्यक्तिगत तबरबाट र ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिने एनएमबि क्यापिटलले जनाएको छ । 

Advertisement

ऋणपत्रमा छिटोमा साउन २२ र ढिलोमा साउन ३२ गतेसम्म आवेदन दिन सकिने छ  । १० वर्षे अवधिको यस ऋणपत्रमा ९ प्रतिशत ब्याज प्रदान गर्ने जनाइएको छ । 

Advertisement

Advertisement