सानिमाको वितरणयोग्य मुनाफा २५ प्रतिशतले बृद्धि, कति प्रतिशतले वितरण होला लाभांश ?

Advertisement

काठमाडौं । सानिमा बैंकले गएको आर्थिक बर्षमा दुई अर्ब ६१ करोड ९२ लाख रुपियाँ खुद मुनाफा गरेको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणमा खुद मुनाफा २५.१३ प्रतिशत बढेको देखिएको हो । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले दुई अर्ब नौ करोड ३१ लाख रुपियाँ खुद नाफा कमाएको थियो । खुद नाफा वृद्धि भएको आधारमा बैंकको वितरणयोग्य नाफा दुई अर्ब २० करोड ९६ लाख रुपियाँ रहेको छ । यसआधारमा सानिमा बैंकले प्रतिशेयर १७ रुपियाँ ७३ पैसा (१७.७३ प्रतिशत) नाफा वितरण गर्न सक्ने देखिएको छ । 

Advertisement

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । गत आवमा सानिमा बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशत बढेको छ भने तर खुद फि तथा कमिशन आम्दानी ८.११ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २६.७७ प्रतिशत र सञ्चालन मुनाफा २७.९६ प्रतिशत बढेको छ ।

सानिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपियाँ ५४ पैसा बढेर २१ रुपियाँ २ पैसा पुगेको छ भने असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.३९ गुणा, प्रतिशेयर नेटवर्थ १५५ रुपियाँ ५१ पैसा रहेको छ । गत असारसम्म १२ अर्ब ४६ करोड चुक्ता पूँजी रहेको सानिमा बैंकको जगेडा कोषमा छ अर्ब ९१ करोड ६९ लाख रुपियाँ छ । 

Advertisement

Advertisement