सगरमाथा नौ पटक आरोहण गरिसकेका शेर्पाले अमेरिकाको माउन्ट बेकर चढे

Advertisement

काठमाडौं । पासाङ दावा शेर्पाले अमेरिकास्थित माउन्ट बेकरको सफल आरोहण गरेका छन् । उनले शनिबार अमेरिकी समयअनुसार दिउसो १२ बजे सफल आरोहण गरेका हुन । 

आउने दिनमा नेपालमा रहेका अन्य हिमालहरु र विश्वको दोस्रो अग्लो हिमाल केटुको आरोहण गर्ने सपना रहेको शेर्पाले कर्पोरेट नेपाललाई बताए । 

Advertisement

उनले हाससम्म सगरमाथा नौ पटक, आम दब्लम दुई पटक, डेनाली एक पटक, हिमलुङ एक पटक आरोहण गरिसकेका छन् । त्यस्तै, ल्होत्सेको क्याम्प–४ भन्दा माथि, मनास्लुको क्याम्प–४ र तिलिचोको क्याम्प–३ र धौलागिरीको क्याम्प–३ सम्म पुगेका थिए ।

Advertisement

Advertisement