भारी बर्षाका कारण देशका थुप्रै ठाउँमा बाढी र पहिरो, राजधानीका केही ठाउँ डुवानमा

Advertisement

काठमाडौं । सोमबारदेखि लगातार परेको बर्षाका कारण देशका विभिन्न ठाउँमा बारी र पहिरोले क्षति पुर्याएको छ भने राजधानी काठमाडौंमा केही ठाउँहरु डुवानमा परेका छन् । 

वर्षाले काठमाडौंका सामाखुसी क्षेत्र डुबानमा परेको छ । बर्षाले गर्दा निजी घर, विद्यालय जलमग्न भएका छन् । काठमाडौं महानगरपालिकाले खोलाहरु अतिक्रमण गरि बनाइको क्रंक्रिट संरचना हटाउन थाले पनि काम पूराना हुन सकेको छैन् । 

Advertisement

वर्षाले काठमाडौंका नदी र खोलाहरुमा बाढी आएको छ । धोबिखोलामा आएको बाढीले मनमोहन कलेजलगायतका क्षेत्र डुबानमा परेका छन् भने खोला किनारको सडक जलमग्न भएको छ । 

देशभरका नदी तथा खोलाहरुमा बाढीको सतह बढ्दो क्रममा रहेकाले मंगलबार बिहान ११ बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट ती क्षेत्र आसपास भारी वर्षा मापन भएको छ । वर्षाका कारण वाग्मती, विष्णुमती, मनोहरा लगायतमा बाढी आएको छ ।

भारी वर्षाले टेकुको सुकुम्बासी क्षेत्र डुबानमा परेको छ । गएरातिदेखिको भारी वर्षाले सुकुम्बासी बस्तीसहित निजी घर, विद्यालयलगायतका संरचना जलमग्न भएका छन्। वर्षाले नदी र खोलाहरुमा बाढी निरन्तर बढिरहेको छ । 

मकवानपुरको वाग्मती गाउँपालिका ५ भोर्लेनीमा पहिरोले घर बगाउँदा ५ जना बेपत्ता भएका छन् । भोर्लेनीका एक घर मंगलबार राति पहिरोले बगाउँदा उनीहरु बेपत्ता भएका हुन् ।

वडाध्यक्ष विजय व्लोनका अनुसार राति घर नजिकको खोल्सीमा पानीको बहाव बढेर पहिरो जाँदा घरमा सुतिरहेका पाँच जना घरसहित वाग्मती नदीमा बगेका हुन् । स्थानीयले एक जनाको उद्धार गरी उपचारका लागि पठाएको र बाँकीको खोजी भइरहेको वडाध्यक्ष व्ल‍ोनले बताए ।

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भास्सिएर आवतजावत बन्द भएको छ । निर्माणाधिन सिद्धबाब सुरुङमार्ग नजिकै पहिलो जाँदा बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक यातायातका क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको र पुनर्निर्माणमा जुट्न सम्वन्धित पक्षलाई निर्देशन पनि दिइसकेको बताए । 

Advertisement

Advertisement