आयोगका विवादास्पद उपाध्यक्ष गिरीको कार्यकाल सक्कियो, नयाँका लागि आवेदन आव्हान

Advertisement

काठमाडौं ।  चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका पदका लागि आवेदन आह्वान गरिएको छ । हालका विवादास्पद उपाध्यक्ष श्रीकृष्ण गिरीको कार्यकाल सक्किएपछि नयाँका लागि दरखास्त आव्हान गरिएको हो ।  

सिफारिस समितिले १५ दिने सूचना जारी गर्दै आवेदन माग गरेको छ । तीन सदस्यीय सिफारिस समितिले निकालेको सुचनाअनुसार उपाध्यक्ष पदका​ लागि ४५ वर्ष पूरा भई ६५ वर्ष ननाघेका, मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्सा शास्त्रको कुनै पनि विधामा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, चिकित्सा शास्त्रको कुनै पनि विषयमा कम्तीमा २० वर्षको अनुभव भएको वा सोही क्षेत्रमा १० वर्ष काम गरेको व्यक्ति आवेदनका लागि योग्य हुनेछ । 

Advertisement

बहालवाला वा अवकाश प्राप्त उपकुलपति, प्राध्यापक वा विशिष्ट श्रेणीको चिकित्सक वा चिकित्सा शिक्षा विज्ञको रूपमा ख्याती प्राप्त गरेको पुस्ट्याइँ हुने प्रमाण वा स्वयम घोषणा गरेको व्यक्तिले समेत आवेदन दिन पाउने छन् । आवेदकले चार वर्षे व्यवसायिक कार्ययोजनासहितको सोचपत्र पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । 

मेची अञ्चलको बि एण्ड सी मेडिकल कलेजलाई सम्वन्धन दिन गिरीले आफूसँग २० करोड रुपियाँ घुस मागेको व्यवसायी दुर्गा प्रसाईंले खुलासा गरेका थिए । यस्तो अन्य विवादमा पनि उनी परेका थिए । 

Advertisement

Advertisement