काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म एनएलजी इन्स्योरेन्स कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ ।
गत आवको पहिलो त्रैमाससम्म ५ करोड १४ लाख ६० हजार रुपियाँ नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा ४ करोड ८९ लाख मात्रै नाफा कमाएको छ । गत आवको तुलनामा यो ४.९७ प्रतशितले कम हो ।
त्यस्तै कम्पनीको खुद बीमाशुल्क ०.४९ प्रतिशतले घटेर १३ करोड ५१ लाखमा सीमित भएको छ । गत आवमा यस्तो बीमाशुल्क १३ करोड ५७ लाख रुपियाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख रुपियाँ छ ।
कम्पनीले मंसिर ११ गतेदेखि ६२.५६ शतप्रतिशत हकप्रद शेयर जारी गर्दैछ । हकप्रदपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख रुपियाँ पुग्नेछ ।