एक लाख २० हजारलाई पर्ने माण्डु हाइड्रोको आईपीओ आइतबारदेखि

Advertisement

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गते आइताबारदेखि भदौ १३ गते बुधबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । 

कम्पनीले सर्वसाधारणलाई १२ लाख ५ हजार ३ सय २० कित्ता आईपीओ निष्काशन गर्न लागेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।  

Advertisement

कम्पनीले अंकित मूल्य १०० रुपियाँमा १०६ रुपियाँ प्रिमियम थपेर प्रतिकित्ता रु. २०६ मा आईपीओ बिक्री गर्न लागेको हो । 

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ एक लाख २० हजार ५ सय ३२ जनाले १०–१० कित्ता पाउने छन् । 

कम्पनीले यसअघि नै आयोजना प्रभावित र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ बिक्री गरिसकेको छ । 

कम्पनीले मकवानपुरको इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको जनाएको छ । 

Advertisement

Advertisement