काठमाडौं । एभरेष्ट बैंक र हिमालय दृष्य रिसोर्ट धुलिखेलले बैंकका ग्राहकहरुलार्ई विशेष छुट दिने सम्झौता गरेका छन् । उक्त सम्झौता भएसँगै अब एभरेष्ट बैंकका ग्राहकहरुले उक्त रिसोर्टमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने भएका हुन् ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले समेत सो विशेष छुटको लाभ लिन सक्ने जनाइएको छ । कार्यक्रममा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बजार विभागकी कर्मचारी एलिना कार्की तथा रिसोर्टका बजार विभागका कर्मचारी सौजन्य केसी उपस्थित थिए ।
बैंकको हाल १२ लाख ग्राहक, एक सय २७ शाखा संजाल, तीन एक्सटेन्सन काउण्टर, र एक सय ६२ एटिम काउन्टरहरु रहेका छन् ।