सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, तपाईँलाई पर्यो कि ? यसरी हेर्नुहोस्

Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज शुक्रबार बिहान बाँडफाँट गरिएको छ । 

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा आइपीओ बाँडफाँट गरिएको हो  । 

Advertisement

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ७ लाख ६८ हजार जनाले १०–१० कित्ताका दरले पाएका छन् । 

लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको वेबसाइट nsmbl.com.np  र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट sunlife.com.np बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ९ लाख ६० हजार कित्ता शेयर बिक्री गरेको कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपियाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपियाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

सोमध्ये ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपियाँ थप गरी कुल २३९ रुपियाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । 

४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको र ४ लाख ८० हजार कित्ता शेयर प्रतिकित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ । बाँकी रहेको ७६ लाख ८० हजार कित्ता अंकित मूल्य रु. १०० मा रु. १३९ थप गरी प्रतिकित्ता २३९ रुपियाँमा सर्बसाधारणका लागि बिक्री गरेको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement