सानिमा माई हाइड्रोले घोषणा गर्यो लाभांश, बुक क्लोज कहिले ?

Advertisement

 

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले शेयरधनीहरुलाई १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । 

Advertisement

कम्पनीले आव २०७९÷०८० सम्मको नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि  ०.५२६३ नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

कम्पनीको हाल कायम चुक्ता पूँजी रू ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपियाँ छ । 

यसैबीच लाभांश पारित गर्न कमपनीले कात्तिक २३ गते साधारणसभा डाकेको छ । साधारण सभा प्रयोजनका लागि असोज २४ गते बुक क्लोज गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement