काठमाडौं । बुधबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । सुन प्रतितोला ३ सय बढेको हो भने चाँदी प्रतितोला १५ रुपियाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६८ हजार ५ सयमा कारोबार भइरहेको छ । हिजो मंगलबार सुन प्रतितोल २८ सय रुपियाँले घट्दै १ लाख ६८ हजार २ सय रुपियाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदी प्रतितोला २ हजार १५ रुपियाँमा कारोबार भइरहेको छ । हिजो भने तोलामा ६० रुपियाँले घट्दै दुई हजार ३० रुपियाँमा कारोबार भएको थियो ।