लक्ष्मी क्यापिटल र सनराइज क्यापिटल एक आपसमा गाभिने सम्झौतामा हस्ताक्षर

Advertisement

काठमाडौं । लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलबीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी हिजो सम्झौतामा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा लक्ष्मी क्यापिटल अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल अध्यक्ष अपछकुमार यादवले हस्ताक्षर गरेका छन् । 

Advertisement

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको मुख्य संस्था लक्ष्मी बैंक असार २८ गतेबाट सनराइज बैंकसँग गाभिएर लक्ष्मी सनराइज बैंक लिमिटेड भई एकिकृत कारोबार प्रारम्भ भएपछि लक्ष्मी सनराइज बैंकको दुई सहायक कम्पनीबाट मर्चेन्ट बैकिङ लगायत अन्य सेवाहरु छुट्टा—छुट्टै रुपमा प्रवाह गरिरहेको अवस्थामा एकै प्रकृतिका दुई कम्पनीहरु गाभ्ने÷गाभिने सम्झौता भएको हो । 

मर्जर पश्चात् कम्पनीको चुक्ता पूँजी ४८ करोड रुपियाँ पुग्नेछ साथै अझ सबल रुपमा व्यवसाय विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
 

Advertisement

Advertisement