काठमाडौं । मिर्मिरे लघुवित्तले आज असोज २५ गते बिहीबारदेखि ३० गते मंगलबारसम्म थप सार्वजनिक निष्कासन (एफपीओ) निष्काशन खुला भएको छ ।
कम्पनीले प्रतिकित्ता रु. १०० मा १ करोड २३ लाख ८१ हजार ६ सय ४५ रुपियाँ बराबरको १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ निष्काशन खुला गरेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँुजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ निष्काशन गरिएको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।
उक्त कम्पनीको एफपीओ १२ हजार ३ सय ७५ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।