काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट १२.३५९९ प्रतिशत बोनस शेयर र कप प्रयोजनका लागि ०.६५०५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव गोबिन्द चौलागाईंले जनाएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हनार ५ सय रुपियाँ छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् ।