नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओ आजदेखि निष्काशन खुला

Advertisement

काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज कात्तिक १० गतेदेखि  कात्तिक २४ गतेसम्म आईपीओ निष्काशन खुला गरेको छ ।

कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट सर्वसाधारणका लागि कूल १३ लाख ७५ हजार कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो । 

Advertisement

उक्त शेयरमध्ये १ लाख ३७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई बिक्री गर्न लागिएको हो । 

२७ हजार ५०० कित्ता कर्मचारीहरुका लागि, ६८ हजार ७ सय ५० कित्ता  म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ११ लाख ४१ हजार २ सय ५० कित्ता शेयर भने सर्वसाधारणलाई बिक्री गरिने बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । 

उक्त कम्पनीले व्यापारिक र औद्योगिक उद्देश्यका लागि अन्नको व्यापार गर्ने किसान र व्यापारीहरुको अन्न भण्डारण आवश्यकताहरु पूरा गर्दै आएको छ । कम्पनीले प्रदेश नम्बर १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिक टन क्षमताका भण्डारण गृहहरु सञ्चालन गर्दै आएको जनाएको छ । 

Advertisement

Advertisement