काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले असोज २५ गतेदेखि ३० गतेसम्म निष्काशन खुला गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) बिहीबार बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार बिहान ८ः३० बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।
कम्पनीको एफपीओका लागि मा १४ लाख २१ हजार ७ सय ७७ जनाले १ अर्ब ६१ करोड ७४ लाख ५८ हजार रुपियाँ बराबरको १ करोड ६१ लाख ७४ हजार ५ सय ८० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले प्रतिकित्ता रु. १०० मा १ करोड २३ लाख ८१ हजार ६ सय ४५ रुपियाँ बराबरको १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ बिक्री गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ निष्काशन गरेको हो ।
उक्त कम्पनीको एफपीओ १२ हजार ३ सय ७५ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।