काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुका लागि १३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको सीईओ विष्णुकान्त चौधरीले जनाएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी ९ करोड ५२ लाख ३८ हजार रुपियाँ छ ।
सञ्चालक समितिले प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् ।