लामो बिदापछि शेयर बजारमा सुखद् ‘ओपनिङ’, नेप्से थोरै उचालिंदा अर्ब बढीको कारोबार

Advertisement

काठमाडौं । तिहार र छठ पर्वको बिदा पछि खुलेको शेयर बजारमा झिनो सुधार देखिएको छ । कारोबार रकम पनि एक अर्ब नाघेको छ । 

तिहार र छठ पर्वको बिदाका कारण कात्तिक २३ गतेबाट बन्द रहेको बजार १० दिनपछि आजदेखि खुलेको हो । 

Advertisement

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १.३९ अंकले बढेको हो । ०.०७ प्रतिशतले बजार माथि उक्लिदा नेप्से परिसूचक १८५३.४८ अंकमा पुगेको छ । 

आज २८४ कम्पनीका ३३ लाख १९ हजार ५ सय ५८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९.७० रुपियाँ बराबरको कारोबार भएको हो । 

ग्लोबल आईएमई लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक र समाज लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी क्रमशः ९.९८, ९.९६ र ८.०७ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै फरवार्ड लघुवित्त, सयपत्री हाइड्रो र माथिल्लो मैलुङखोला हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १० र ९.९९ प्रतिशतले घाटा व्यहोरेका छन् । माथिल्लो मैलुङको आजैबाट कारोबार शुरु भएको हो । 

हिमालयन डिस्ट्रिलरीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड ३६ लाख २५ हजार ६ सय ६६.२० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement