काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले कात्तिक २१ गतेदेखि २४ गतेसम्म निष्काशन खुला गरेको एफपीओ बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको शुक्रबार बिहान उक्त कम्पनीको एफपीओ बिहान ९ बजे बाँडफाँट गरिएको हो ।
सर्वसाधारणका लागि जारी गर्न लागिएको उक्त एफपीओ १७ हजार ८ सय ४४ जनाले १०–१० कित्ता र १ जनाले ११ कित्ता पाएका छन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट https://www.siddharthacapital.com/ र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट https://www.unnatislbs.com/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।
सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न कम्पनीले एफपीओ बिक्री गर्न लागेको जनाएको छ ।
साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त एकआपसमा गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत कायम भएको थियो ।