शेयर बजार सम्हालिएको साताः समग्रमा नेप्से ८.६१ अंकले उचालियो

Advertisement

काठमाडौं । तिहार र छठ बिदा पछि खुलेको शेयर बजार समग्रमा यो साता ८.६१ अंकले उचालिएको छ । यसरी हेर्दा यो साता बजार सम्हालिएको छ । 

सो साता चार दिनमात्रै बजार खुलेको थियो । तीन दिन बढेको बजार मंगलबार भने ओरालो झरेको थियो । आइतबार भने छठ पर्वका कारण बजार बन्द रहेको थियो । 

Advertisement

साताको अन्तिम दिनसम्म आइपुग्दा नेप्से १८६०.२० अंकमा पुगेर यो साताको लागि बिश्राम लिएको छ । तिहार बिदा हुनु अघि गत कात्तिक २३ गते बिहीबार नेप्से झरेर १८५२.०८ अंकमा आइपुगेको थियो । 

यो साता घटिमा एकैदिन सोमबार ९५ करोड ४ लाख र बढीमा गत बिहीबार १ अर्ब ३४ करोड सम्मको शेयर किनबेच भएको थियो । 

यस्तो रह्यो यो साताको बजार   
शेयर बजार खुलेको पहिलो दिन सोमबार १.३९ अंकले बजार बढ्दा १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९.७० रुपियाँ, मंगलबार २३.८२ अंकले बजार घट्दा ९५ करोड ४ लाख ७९ हजार ५ सय ८३.९१ रुपियाँ, बुधबार बजार २०.६७ अंकले बढ्दा १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४ सय ९५.५९ रुपियाँ र साताको अन्तिम दिन बिहीबार बजार ९.८७ अंकले उचालिंदा १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४ सय ३०.३० रुपियाँ बराबरको कारोबार भएको थियो । 
   

Advertisement

Advertisement