एभरेष्ट बैंकको नयाँ शाखा टोखा काठमाडौंमा

Advertisement

काठमाडौं । एभरेष्ट बैंकले  आज काठमाडौंको टोखा नगरपालिका वडा नं. ६, टोखामा आफ्नो १२८ औं शाखा बिस्तार गरेको छ ।

उक्त शाखाको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर मुरारी तामाङले संयुक्त रुपमा गरेका हुन् ।  

Advertisement

उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्शका कार्यकारी सदस्य कृष्णमान श्रेष्ठ, टोखा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष शान्ता खनाल पौडेल, बैंकका नायब महाप्रबन्धक केशवराज पौडेल, बाग्मती प्रदेश प्रमुख सन्तोषकुमार भट्टराई, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

बैंकले १२८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६३ एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । 
 

Advertisement

Advertisement