दीपक मनाङे काठमाडौं सानो भर्‍याङबाट पक्राउ

Advertisement

काठमाडौं । ज्यान मार्ने उद्योगमा अदालतले दोषी ठहर गरेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् ।

प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको हो ।

Advertisement

मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए । उक्त हात काटेको घटनामा संलग्न मनाङेलाई सर्वोच्चले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको छ ।

उनको मुद्दा जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च पुगेको थियो । सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङ मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य चुनिए र पटक–पटक मन्त्री बनेका थिए । 

Advertisement

Advertisement