दीपक मनाङे डिल्लीबजार कारागार चलान

Advertisement

काठमाडौं । ज्यान मुद्दाका दोषी ठहर भएका पूर्वमन्त्री दीपक मनाङे डिल्लीबजार कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयनका लागि उनलाई कारागार चलान गरिएको हो । 

मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजायँ सुनाएको थियो । उनले दुई वर्ष आठ महिना कैद सजायँ भोगिसकेकाले बाँकी समय कारागारमा बिताउनुपर्ने छ । 

Advertisement

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको ज्यानमुद्दाको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । 

सर्वोच्चबाट पनि दोषी ठहर भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । स्वतन्त्र साँसद समेत रहेका मनाङेलाई ठूला दलहरुले सत्ता समीकरण मिलाउन प्रयोग गर्दै आएका थिए । तर पछिल्लो समयमा उनी ती दलहरुका लागि अनुकुलभन्दा प्रतिकुल बन्न थालेपछि अदालतको फैसला आएको हो । उनी मनाङबाट प्रत्यक्ष निर्वाचित प्रदेश साँसद हुन् । 

Advertisement

Advertisement