पच्चीस क्यानाडाली विश्वविद्यालय र कलेजका प्रतिनिधिहरु काठमाडौं आउने

Advertisement

काठमाडौं । क्यानाडाका पच्चीस विश्वविद्यालय र कलेजहरूका प्रतिनिधिहरू काठमाडौं आउने भएका छन् । 

यही नोभेम्बर २७ र २८ गते काठमाडौंमा हुन लागेको क्यानडामा शिक्षाको अवसर विषयक कार्यक्रमका लागि उनीहरु नेपाल आउन लागेका हुन् । 

Advertisement

दोस्रो इडु क्यानडा सहभागी विश्वविद्यालयहरू र कलेजहरूले प्रस्ताव गर्ने पाठ्यक्रमहरू हाइलाइट गर्नेछन् र विद्यार्थीहरूमा जानकारी प्रदान गर्नेछन् । नेपालका सम्भावित विद्यार्थीहरूलाई अनुभव, पहुँच, फाइदाहरु बताउने छन् । 

क्यानाडाली शिक्षा प्रतिनिधि मण्डलले नेपाली विद्यार्थीहरू, शिक्षा सल्लाहकारहरू, विद्यालय–कलेज प्रिन्सिपलहरू र अन्य प्रमुख प्रभावकारीहरूसँग अन्तरक्रिया गर्ने जनाएका छन् ।

क्यानडा–नेपाल शैक्षिक साझेदारी भ्रमणले ज्ञान प्राप्त गर्ने मञ्च पनि प्रदान गर्दछ । क्यानाडामा अध्ययन र बस्ने बारे, विद्यार्थी भिसा, क्यानाडाको व्यापार वातावरण र स्नातक पछि विद्यार्थीहरूको लागि भविष्यका सम्भावनाहरूबारे उक्त अवसरमा छलफल हुनेछ । 

उक्त कार्यक्रममा बारेमा नेपालका लागि क्यानडाका राजजूच क्यामरुन म्याकेले भने, ‘कार्यक्रममा क्यानाडामा अध्ययन गर्ने फाइदाहरू बुझ्न कार्यक्रम प्रभावकारी हुनेछ । 

उक्त कार्यक्रम ताहाचल काठमाडौंस्थित द हायात प्लेसमा दिउँसो १२ः३० बजेदेखि ५ बजेसम्म सञ्चालन गरिने छ । 


 

Advertisement

Advertisement