काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीको प्रतिकित्ता रु. १०० अंकित मूल्यको १ करोड ८५ लाख कित्ता आईपीओ आज सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारणहरुलाई बिक्री गरेको ३७ लाख ५ हजार कित्ता र संस्थापक शेयरधनीहरुको १ करोड ४८ लाख २० हजार कित्ता आईपीओ सूचीकृत भएको नेप्सेले जनाएको छ ।
नेप्सेमा सूचीकृत भएसँगै भोलि बुधबारबार कम्पनीको शेयर कारोबार शुरु हुनेछ । रु. ८९.३८ देखि रु. २६८.१४ ओपनिङ रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ ।