पाँच लाखसम्म ऋण मिनाहा गर्न प्रधानमन्त्री दाहाल तयार ! बीस लाख नै हुनुपर्छः दुर्गा प्रसाइँ

Advertisement

काठमाडौं । व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँले पाँच लाख रुपियाँसम्म ऋण मिनाहा गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई सन्देश पठाएको दावी गरेका छन् । 

एक युट्युव च्यानलसँगको कुराकानीमा उनले भने, ‘प्रचण्डले त खबर पठाइसक्नु भयो मलाई । दुर्गाजी ! २० लाख होइन्, पाँच लाखसम्म ऋण चाहिँ हामी मिनाहा गर्नसक्छौं भनिसक्नु भयो नि ।’ 

Advertisement

पाँच लाख रुपियाँसम्म मिनाहा गर्न सरकारले मनस्थिति बनाइसकेको तर पाँच लाख रुपियाँ मिनाहा नभएर नहुने बताउँदै प्रसाइँले २० लाख नै मिनाहा हुनुपर्ने बताए । मानिसको घर, जग्गा जमिन गएकोले २० लाख नै मिनाहा हुनुपर्ने बताए । 

पाँच लाख रुपियाँसम्म मिनाहा गर्न सरकार तयार हुनु पनि आफ्नो आन्दोलनको सफलता भएको उनको तर्क छ । प्रसाइँले आफ्नो आन्दोलनका कारण मानिसहरु झुण्डिएर मर्न छोडेको दावी पनि गरे । व्यवस्था परिवर्तनसँगै केही आर्थिक मुद्दा उठाएर प्रसाइँले आन्दोलन गरेपछि कतिपय मानिसले उनको आलोचना गरिरहेका छन् भने कतिपयले समर्थन गरेको देखिन्छ । 

Advertisement

Advertisement