काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात रिजेन्सी) को शेयर कारोबार रोक्का गरेको छ ।
कम्पनी सञ्चालक समितिको शनिबारको बैठकले लाभांश प्रस्ताव सम्बन्धी निर्णय गरे पनि सोको जानकारी आइतबार साँझमात्रै प्राप्त गरेको भन्दै नेप्सेले कारोबार रोक्का गरेको जनाएको छ ।
उक्त लाभांश प्रस्ताव सम्बन्धी निर्णय के कति कारणले समयमानै जानकारी दिन नसकेको हो ? सो सम्बन्धमा ३ दिनभित्र स्पष्टिकरण माग गर्दै कारोबार रोक्का गरिएको सहायक प्रबन्धक सरिता पाण्डेले उल्लेख गरेकी छिन् ।