पोखरामा लामो समय हिरासतमा राखेपछि प्रहरीले रवि लामिछानेलाई पुर्यायो भैरहवा

Advertisement

काठमाडौं । सहकारी ठगी आरोपमा कास्की प्रहरीको हिरासतमा लामो समय राखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई बयानका लागि भन्दै आज भैरहवा लगिएको छ ।

उनी गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्याइएको थियो । पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनसम्वन्धमा छानविन गर्न भन्दै प्रहरीले लामिछानेलाई पटक पटक म्याद थप माग गरेर हिरासतमा राखेको थियो । जिल्ला अदालत पोखराले पनि सहजै म्याद थप गर्दै आएको थियो । 

Advertisement

आज लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धान गर्न भैरहवा पुर्याइएको हो । बिहानको उडानबाट उनलाई भैरहवा पुर्याउने तयार गरिए पनि प्रतिकुल मौसमका कारण दिउसो मात्रै पोखरा पुर्याइएको हो । लामिछानेलाई अब अर्को सरहकारीमा भएको रकम अपचलनबारे बयान लिइने जनाइएको छ । 

लामिछाने आउने भएसँगै उनको समर्थनमा सडक प्रदर्शन हुनसक्ने देखेपछि प्रशासनले गौतमबुद्ध विमानस्थल वरपर ठूलो मात्रामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरेको देखिन्छ छ । बाटोमा हिँड्ने यात्रुहरुमाथि पनि निगरानी गरिएको छ । सरकारी वकिलको कार्यालय र अदालत प्रवेश केही क्षेत्रमा व्यारिगेड लगाएर बन्द गरिएको छ ।

लामिछाने गोरखा मिडिया नेटवर्क (ग्यालेक्सी टिभी)को सञ्चालक हुँदा सहकारीको रकम उक्त कम्पनीमा प्रयोग भएको विषयलाई लिएर सरकारले छानविन र कारवाही अघि बढाएको हो । तर रास्वपाका नेता कार्यकर्ताले भने सत्ताधारी ठूला दलहरुले राजनीतिक प्रतिशोधका लागि र आफ्नो पार्टीको लोकप्रियतालाई रोक्न षडयन्त्रमूलक ढंगले लामिछानेलाई मात्रै पक्राउ गरेर लामो समयसम्म हिरासतमा राख्ने काम गरेको बताउँदै आएका छन् । 

Advertisement

Advertisement