प्राधिकरणले थाल्यो नेपाल वायुसेवा निगमको ‘अडिट’

Advertisement

काठमाडौं । नागरिक उड्‍डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको ‘अडिट’ सुरु गरेको छ । प्राधिकरणबाट गएका कर्मचारीले आफ्नो काम कारबाही सुरु गरेका हुन् । 

प्राधिकरणका एक अधिकारीले भने, ‘हाम्रो टोली निगममा पुगेर आफ्नो काममा लागिसकेको छ । यो नियमित अडिट हो । ‘समग्र विषय वस्तुमा अडिट भइरहेको छ । केही दिनअघि यूएईको दुवई जाने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई हतार भएको नाममा अरु ३१ जना यात्रुलाई निगमले छोडेर गएपछि अहिले निगमका अध्यक्षदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको चर्को आलोचना भइरहेको छ । 

Advertisement

पछिल्लो समयमा युरोपियन युनियन (ईयू)ले नेपाली आकाशलाई सुरक्षाका दृष्टिले अझै कालोसुचीमा राखेपछि प्राधिकरण र निगमबीच आरोपप्रत्यारोप चलिरहेको छ । 

Advertisement