नेपाल वायुसेवा निगमले फूलपातीको दिन न्यारोबडीमार्फत काठमाडौं–भैरहवा उडान गर्ने

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले फूलपातीको दिन काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्ने भएको छ । 

गएको असार ११ र १२ गतेको भारी बर्षाले काठमाडौं उपत्यका जानेआउने राजमार्गहरु बाढी र पहिरोले क्षतिग्रस्त बनाएको बताउँदै निगमले स्थल आवागमनमा कठिनाई भई आसन्न दशैमा आ–आफ्नो घर आउन÷जान सहज होस भनी फूलपातीको दिन उक्त उडान गर्न लागेको जानकारी दिएको हो । 

Advertisement

सो दिन निगमको ए३२० न्यारोबडी जहाजबाट उद्दार उडान गर्ने निगमको भनाई छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको निर्देशनमा यो उडान गर्न लागिएको भन्दै काठमाडौं–भैरहवाको एकतर्फी भाडा सात हजार र भैहरवा–काठमाडौंको एकतर्फी भाडा तीन हजार ८९० कायम गरिएको छ । काठमाडौंबाट बिहान ११ बजे निगमको जहाज भैरहवा जानेछ । यात्रुहरुले अनलाइनबाट पनि टिकट काट्नसक्ने छन् । 

Advertisement

Advertisement