लामो समयदेखिको तिक्ततापूर्ण सम्वन्धपछि उर्जा मन्त्रालयले सोध्यो घिसिङलाई स्पष्टीकरण

Advertisement

काठमाडौं । लामो समयदेखिको तिक्ततापूर्ण सम्वन्धपछि ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

ऊर्जामन्त्री दीपक खड्काको नेतृत्वमा मंगलबार बसको बैठकले घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनलाई स्पष्टीकरणसहित मन्त्रालय तानेर हाजिर गराउने तयारी गरिएको मन्त्रालय स्रोतको भनाई छ । 

Advertisement

विशेषगरी डेडिकेटेड तथा ट्रंकलाइनको विवादित महशुलको विषयलाई लिएर प्रधानमन्त्री केपी ओली र उर्जामन्त्री खड्का घिसिङदेखि रुष्ट रहेका थिए । तर विपक्षी माओवादी केन्द्रले भने घिसिङलाई साथ दिँदै आएको थियो । घिसिङ माओवादीकै पालामा प्राधिकरणमा नियुक्त भएका हुन् ।

ऊर्जा मन्त्रालयले घिसिङलाई सोधेको स्पष्टीकरण निम्नानुसार छन् :

१. नेपाल विद्युत प्राधिकरणको कर्मचारी सेवा, सर्तसम्बन्धी विनियमावली (संशोधन सहित) एवं आर्थिक प्रशासन विनियमावली (संशोधन समेत) र त्यससँग सम्बन्धित विगत चार वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णय ।

२. नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले विगत चार वर्ष अवधिमा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकारको विवरण (निर्णय मिति खुल्ने गरी) ।

३. नेपाल विद्युत् प्राधिकरणले छिमेकी मुलुकका व्यावसायिक संस्थासँग गरेको विभिन्न मितिका सम्झौता एवं समझदारी पत्रहरूको विवरण ।

४. नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीमा रहेको प्राधिकरणको सेयर संरचना एवं ती कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरूको विवरण । साथै, ती कम्पनीमा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट हाल काजमा खटिएका कर्मचारीहरूका विवरण ।

५. नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीहरूको विगत चार वर्षको वित्तीय विवरण ।

६. नेपाल विद्युत् प्राधिकरणले विद्युत खरिद सम्झौता गरी सञ्चालनमा रहेका आयोजनाहरूबाट ‘पावर इभ्याकुएसन’ पूर्णरूपमा हुन नसकेको अवस्था भए वैकल्पिक मार्ग प्रयोग गरिएको आयोजनाहरूका विवरण

७. हिमाल पावर लिमिटेडद्वारा प्रवद्र्धित ६० मेगावाटको खिम्ती–१ जलविद्युत् आयोजनासँग स्वामित्व हस्तान्तरणबारे नेपाल विद्युत् प्राधिकरणले गरेको वार्तासँग सम्बन्धित विवरण÷प्रतिवेदनहरू ।

८. विगत चार आर्थिक वर्षदेखि त्यस प्राधिकरणका विभाग, निर्देशनालय र कार्यकारी निर्देशकबाट स्वीकृत भएका बोलपत्र सम्बन्धी विवरण (जस्तै, ठेक्काको नाम, स्वीकृत भएको रकम भुक्तानीको विवरण, ती ठेक्कासँग सम्बन्धित दायित्वहरूको विवरण आदि) । साथै, यदि विवाद पर्न गएको भए विवादका कारण र कार्य सम्पन्न हुन नसकेका ठेक्का सम्झौताको वर्तमान अवस्था ।

९. विगत चार वर्षमा भएका सञ्चालक समितिका सदस्यहरूको विदेश भ्रमण सम्बन्धी विवरण । ती भ्रमणसँग सम्बन्धित खर्चको विवरण एवं ती खर्च भुक्तानीको स्रोतसम्बन्धी विवरण ।

१०. डेडिकेटेड फिडर÷ट्रंक लाइन सम्बन्धी नेपाल विद्युत् प्राधिकरणले उठाउन बाँकी रहेको महसुल सम्बन्धमा सञ्चालक समितिमा पेस भएका विभिन्न प्रतिवेदन एवं उक्त महसुल सम्बन्धमा सञ्चालक समितिबाट विभिन्न मितिमा भएका निर्णयहरू ।

११. नेपाल विद्युत् प्राधिकरणले विभिन्न बोलपत्र मार्फत खरिद गरी जडान हुन बाँकी स्टोरमा मौज्दात रहेका ट्रान्सफर्मरको अद्यावधिक विवरण (खरिदका लागि प्राप्त माग संकलन र खरिद योजना, खरिद नम्बर, खरिद मूल्य एवं हालको अवस्था सहित) ।

१२. हाल बोलपत्र आह्वानका लागि तयारी भइरहेको स्मार्ट मिटर लगायत वस्तु /सामग्रीको विवरण एवं प्रतिस्थापन कार्ययोजना (परिमाण एवं अनुमानित लागत रकम सहित) ।

१३. नेपाल विद्युत् प्राधिकरण आफैंले विभिन्न स्थानमा सिमेन्टेड पोल प्लान्ट स्थापना गरी उत्पादन गरेका पोलका लागत मूल्य, बोलपत्रबाट खरिद भए विभिन्न पोलको खरिद मूल्य एवं त्यस सम्बन्धी परिमाणको गत चार आर्थिक वर्षको अद्यावधिक विवरण ।

१४. महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औंल्याइएका बेरुजुमध्ये हालसम्म फछ्र्योट हुन बाँकी रहेका बेरुजुको अद्यावधिक विवरण ।

१५. नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय स्टोर प्रमुखका रूपमा गत पाँच वर्षदेखि को–को कार्यरत रहेका छन् ? उनीहरूको पद र योग्यता खुलेको विवरण ।

Advertisement

Advertisement