‘अर्थ मन्त्रालय र राष्ट्र बैंकको सम्बन्ध किन बिग्रिएको हो गभर्नरसाब ?’

Advertisement

काठमाडौ । अर्थमन्त्री र गभर्नरबीच सम्बन्ध बिग्रिएको विषयमा अर्थ समितिमा प्रश्न उठेको छ । नेपाली काँग्रेसका सासंद रामनाथ अधिकारीले यस विषयमा प्रश्न गरेका हुन् । 

उनले गभर्नर महाप्रसाद अधिकारीलाई सोधे, ‘गभर्नरसाब !  बजारमा एउटा हल्ला चल्ने गरेको छ । सरकार र राष्ट्र बैंकको सम्बन्ध बिग्रेको छ । सरकारले भनेको राष्ट्र बैंकले नमान्ने, राष्ट्र बैंकले भनेको सरकारले नमान्ने । यो किन भइरहेको छ ?’ 

Advertisement

अर्थतन्त्र सुधार गर्न सरकार र राष्ट्र बैंक एक भएर लाग्नुपर्ने अधिकारीको सुझाव छ । धेरै उद्योगी व्यवसायी अहिले आर्थिक मन्दीका कारण समस्यामा रहेको बताउँदै उनले यस्तो बेलामा सरकारले लिने नीति र राष्ट्र बैकले लिने नीति एकै हुनुपर्ने बताए । 

गभर्नर अधिकारी र अर्थमन्त्री प्रकाशशरण महतबीच सम्वन्ध चिसो हुँदा राष्ट्र बैंकले मौद्रिक नीतिको आवधिक समीक्षा समेत गर्न सकेको छैन् । अर्थतन्त्रमा धेरै जटिलता थपिनुका साथै निजी क्षेत्रले निराशा व्यक्ति गर्दै आएको छ । 

Advertisement

Advertisement