एनसेल शेयर प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको छः उपेन्द्र यादव

Advertisement

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताएका छन् । 

शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एनसेलको शेयर खरिद बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताउँदै विगतमा पनि सरकारले एनसेलले अरबौँ रुपियाँ कर मिनाहा गरेको कुरा आए पनि त्यसप्रति कसैको चासो नगएको बताए । 

Advertisement

यादवले यस प्रकरणमा आवश्यक छानविन गर्नुपर्ने बताए । उनले देशमा सुशासनको अवस्था अत्यन्त नाजुक भएको बताए । यादवले आफ्नो जीवनकालमा अहिलेजस्तो सुशासनको अवस्था बिग्रिएको कहिल्यै नदेखेको बताए । 

उनले भने, ‘एकपटक सुनिएको थियो एनसेलको अरबौँको कर मिनाहा ग¥यो सरकारले । त्यतिबेला कुरा उठ्यो तर चासो कसैको अगाडी बढेन । एनसेल प्रकरणमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको जस्तो देखिन्छ पटक–पटक । देशमा सुशासनको अवस्था अत्यन्त नाजुक छ । मैले आफुले भोगेको अहिलेसम्म हेरेकोमा यत्तिको सुशासन बिग्रिएको अनुभव मैले कहिल्यै गरेको थिइन जुन अहिलेको अवस्थामा म देख्दैछु ।’

यादवले नेपाली सेनालाई सडक निर्माण गर्न, व्यापार गर्न र ठेक्कापट्टा लगायतका कामहरु गर्न दिने कि नदिने भन्ने विषय नीतिगत रुपमा स्पष्ट हुनुपर्ने बताए । उनले यस्ता कामहरुमा सेनालाई नलगाई पेशागत काम मात्रै गर्न लगाउनुपर्ने बताए ।

Advertisement

Advertisement