शेयर बजारमा राष्ट्र बैंकको लचिलो नीतिको प्रभावः छ प्रतिशतले बजार बढेपछि कारोबार स्थगित

Advertisement

काठमाडौं । साताको पहिलो दिन शेयर बजार स्थगित भएको छ । बजार एकैदिन ६ प्रतिशत बढेपछि आजका लागि स्थगित गरिएको नेप्सेले जनाएको छ । 

बजार खुल्ने बित्तिकै उछाल देखिएको थियो । पहिलो ५ मिनेटमै ४ प्रतिशत बढेपछि २० मिनेटका लागि बजार रोकिएको थियो । त्यसपछि बजार खुलेपछि ६ प्रतिशतभन्दा बढी बजार बढेपछि पूरै दिनको लागि बजार स्थगित गरिएको हो ।

Advertisement

पहिलो १ घण्टामा ४ प्रतिशत बढे २० मिनेट, २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेट र बजार ६ प्रतिशतले बढे २४० मिनेट बन्द हुने भएका कारण आजका लागि बजार बन्द भएको नेप्सेले जनाएको छ । 

आज बजार ९ मिनेट खुल्दा नेप्से १११.२० अंकले उचालिएको छ । ६ प्रतिशतले बजार बढ्दा नेप्से १९६३.९८ अंकमा पुगेर रोकिएको छ । 

राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै लचिलो नीति लिएरपछि त्यसको प्रभाव शेयर बजारमा देखिएको छ । ब्याजदर घटाउने र कर्जा लगानी बढाउने राष्ट्र बैंकको नीतिको प्रभाव शेयर बजारमा देखिएको हो । 

राष्ट्र बैंकको पछिल्लो नीतिबाट शेयर बजार केही उचालिने आंकलन गरिएको छ । 

Advertisement

Advertisement