मंसिर २८ देखि अन्नपूर्ण होटल परिसरमा हस्तकला व्यापार मेला हुने

Advertisement

काठमाडौं । मंसिर २८ गतेदेखि पुस २ गतेसम्म अन्नपूर्ण होटल परिसरमा २० औँ हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासङ्घको आयोजनामा हुने मेलाबारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । 

अन्तर्राष्ट्रिय बजारको माग र अवस्थाका बारेमा उद्यमी व्यवसायीहरूमा जानकारी आदान प्रदान गर्नु मेलाको मुख्य उद्देश्य रहेको महासंघको भनाई छ । महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला व्यापार मेलासँगै १८ औँ हस्तकला प्रतियोगिता आयोजना समेत आयोजना  गरिने बताए । 

Advertisement

उनले मेलाको मुख्य उद्देश्य निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने र अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको चाहनाअनुरूप वस्तु डिजाइन गर्ने रहेको बताए । शाक्यले मेलामा स्वदेशी र विदेशी क्रेता तथा विक्रेताबीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदान प्रदान हुने समेत बताए । 

मेलामा महासंघको एक करोड बढी खर्च हुने अनुमान गरेको छ । अहिलको अवस्थामा मेला आयोजना गर्न चुनौति रहेको बताउँदै महासंघले मेलामा हस्तकलाका वस्तुहरूको करिब १३० वटा स्टलहरू रहने जानकारी दिएको छ । 

मेलामा पाकिस्तान, बंगलादेशका व्यवसायीहरुको समेत स्टल रहनेछ । त्यस्तै, हस्तकला प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार नगदसहित प्रमाणपत्र, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार रुपियाँ नगद पुरस्कार रहेको छ । 

Advertisement