काठमाडौं । लुम्बिनी विकास बैंकले ८.५० प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० को नाफाबाट ४ प्रतिशत बोनस शेयर र ४.५० प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको सीईओ नरेशसिंह बोहराले जनाएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी ३ अर्ब ३८ करोड २८ लाख २१ हजार २ सय ८६.३२ रुपियाँ छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।