बाह्र बुँदे सम्झौतापछि म गणतन्त्रवादी भएको हो, त्यसअघि होइन्ः रिजाल

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले वर्तमान सत्ताधारीहरुमा आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकता रहेको बताएका छन् । 

मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले कसैले कसैको आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकताबाट गणतन्त्र नजोगिने बताए । जनताको विचारलाई आम सञ्चारको रुपमा प्रचार गरे मात्रै पनि गणतन्त्रको रक्षा हुने रिजालको जिकिर थियो । 

Advertisement

उनले गणतन्त्र सबैको साझा भएकाले जिम्मा कुनै एउटा संस्थाले लिनुपर्ने आवश्यकता नरहेको बताए । बोल्ने शब्दहरु नभेटिएपछि गणतन्त्र जोगाउन भन्ने परिपाटी राम्रो नभएको रिजालले बताए । 

उनले भने ‘गणतन्त्रको सुदृढीकरण भन्नुभयो, नेपालमा निर्दलीय पञ्चायती व्यवस्था कसरी आयो भन्दा नेपालको सार्वभौम सत्ता रक्षा गर्नका लागि हो । दलहरु विदेशीका दलाल भए भनेर हो । म पनि सत्ताको सबैभन्दा ठूलो दलको मान्छे हो । प्रभाव मात्रै पो कम भएको त । हामीले ठोक्नुपर्यो भने गठबन्धनले ठोक्ने के भन्दा अरु उपाय छैन् । गणतन्त्र जोगाउन भनेर हानिहाल्ने हाम्रो प्रवृत्ति भएको छ । त्यो कदाचित राम्रो होइन । म शुरुमा गणतन्त्रवादी होइन् । विचारले गणतन्त्रवादी तर नेपाल गणतन्त्रको लागि तयार छैन भन्ने लाग्थ्यो । कुन बिन्दुसम्म भन्दा १२ बुँदे समझदारी हुँदासम्म ।’ 

रिजालले थपे, ‘हामीले निरंकुश राजतन्त्रको अन्त्य भनेर लेख्दाखेरी मन्त्रीज्यूहरु राजतन्त्रको र हामी निरंकुशताको अन्त्यवाला हो । त्यतिबेलासम्म पनि हामी निरंकुशताको मात्रै अन्त्य गरे पुग्छ भन्ने थियो । बाहिर घुम्न थालेपछि अब नेपाल गणतन्त्रका लागि तयार भएको बुझेको थिएँ । मलाई कसैले आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भनेर त्यसलाई ठोक्नुपर्छ भन्ने मानसिकता जुन सत्ताधारीको छ, त्यस्तो मानसिकताबाट गणतन्त्र जोगिँदैन, त्यसरी गणतन्त्र आएको होइन । जनताको विचारलाई आम सञ्चारको रुमा प्रचार गरेमात्रै गणतन्त्रको रक्षा हुन्छ । गणतन्त्रको जिम्मा कुनै एउटा संस्थाले लिनुपर्दैन । गणतन्त्र सबैका बीचको एउटा आम चिज हो ।’

नेता रिजालले आफू २०६२–६३ सम्म राजतन्त्र अन्त्यको पक्षमा नभइ निरंकुशता अन्त्यको पक्षमा रहेको बताउँदै २०६२–६३ को १२ बुँदे दिल्ली सम्झौतापछि आफू गणतन्त्रवादी भएको बताए । 

Advertisement

Advertisement