काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले ५.०५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको करसहित ५.०५ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको सीईओ लिलामणि न्यौपानेले जनाएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी ९८ करोड १६ लाख ८३ हजार २ सय रुपियाँ छ ।
सञ्चालन समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् ।