नेपालको विकास नीति संस्कृतिमैत्री भएन्ः मन्त्री किराँती

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले देशको विकास नीति संस्कृतिमैत्री नभएको बताएका छन् । 

बुधबार साँस्कृति सस्थानले आयोजना गर्न लागेको ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ घोषणा कार्यक्रममा उनले देशको विकास नीति संस्कृतिमैत्री हुनुपर्ने बताएका हुन् । देशको विकास योजनाहरुमध्ये ५२ प्रतिशत विकासका योजनाहरु पूरा नहुनुको कारण पनि संस्कृतिमैत्री नहुनु रहेको किराँतीको तर्क छ । 

Advertisement

उनले विकास नीति तथा योजनाहरु संस्कृतिमैत्री नभएका कारण विभिन्न ठाउँमा बाधा तथा अवरोधहरु हुने गरेको बताउँदै संस्कृति निर्माण गर्नको निम्ति संस्कृति नीति अध्ययन समिति बनाइएको बताए । किराँतीले समितिले निर्माण गरेको प्रतिवेदनको आधारमा छिट्टै ऐन, कानून बनाउँदै जाने बताए । 

उनले संस्कृतिलाई उद्योगमा जोड्ने खालको नीति पनि तयार गर्नुपर्ने बताए । किराँतीले भने, ‘संस्कृति उद्योगमा जोड्ने खालको नीति हामीले तयार गर्नुछ । अहिले विकसित राष्ट्रहरुले समेत सांस्कृतिक उद्योगमा एकदमै जोड दिइराखेको छ । विकसित देशहरुमा संस्कृतिहरु बिस्तारै बिस्तारै मर्दै गइरहेको छ । आधुनिकीकरणले किच्दै लगेको छ । संस्कृतिलाई जीवन्त राख्न, यसलाई उद्योग र उत्पादनसँग जोड्न र नेपालको प्रकृतिसँग जोडियो भने पर्यटन उद्योगमा बदलिन्छ भन्ने उद्देश्यले यो कार्यक्रमलाई स्थापित गराउन खोजेका छौँ ।’ 

सांस्कृतिक संस्थानले मंसिर २९ गते ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ आयोजना गर्ने जानकारी गराइएको छ । सांस्कृतिक पर्यटनको विकासमा टेवा पुर्याउन, नेपालको लोकसंस्कृतिलाई विश्वमाझ चिनाउन विदेशी पर्यटकलाई लक्षित गरी सो कार्यक्रम गर्न लागिएको सांस्कृतिक संस्थानले जनाएको छ । 

Advertisement

Advertisement