नेपाल प्रहरी श्रीमती संघद्वारा जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितहरूलाई राहत वितरण

Advertisement

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका रामिडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट पीडितहरूलाई नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवर लगायत कार्य समितिका पदाधिकारीहरुबाट विभिन्न राहत सामाग्री वितरण गरिएको छ । 

जाजरकोट भेरी नगरपालिका वडा नम्बर १ राउत गाउँमा रहेका भूकम्प पीडितहरू सुत्केरी महिला ४२, विद्यार्थी ५०, मृतकका आफन्त  ३१, ज्येष्ठ नागरिक ४ गरी जम्मा १२७ घरपरिवार र रूकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर १४ छेपारेमा ४२ मृतकका २८ घरपरिवारलाई राहात सामाग्री वितरण गरिएको हो । 

Advertisement

भूकम्पबाट पीडित भएका विद्यार्थीहरूको लागि झोला, कापी र कलम साथै अन्य घर परिवारलाई थर्मस, बल्याङ्केट, मोजा, ट्राउजर, मण्डी, टोपी स्विटर र अक्वा बक्स वितरण गरिएको थियो  ।  

संघले भूकम्प पीडित परिवारहरूलाई तत्काल राहत प्रदान गर्नको लागि नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा रू ५ लाख ५५ हजार ५ सय ५५ रूपैँया उपलब्ध गराईसकेको अध्यक्ष कुँवरले जानकारी दिइन् । 
undefined
राहत वितरण संघकी अध्यक्ष कुँवर, महासचिव अनुश्री पाख्रीन, सल्लाहकार निलम कडायत, सह–कोषाध्यक्ष कमला खनाल, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष बिन्दु अधिकारी ढकाल र कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल, जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा आठविसकोट नगरपालिकाका उप–प्रमुख धनकुमारी कुसारी लगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिती थियो । 
 

Advertisement

Advertisement