काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
एक विकास बैंक र एक विकास बीमा कम्पनीको शेयर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।
यसैक्रममा मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिकित्ता शेयर मूल्य रु. ३९०.८७ कायम गरिएको छ । यसअघि रु. ४२८ थियो ।
त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ७९५.४५ कायम गरिएको छ । यसअघि रु. ८७५ थियो ।
समायोजन गरिएको मूल्यबाट भोलिदेखि दुबै कम्पनीको शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।