एनसेलका लगानीकर्ता सतिशलाल ‘आचार्य’ होइनन्ः आचार्य समाज, 'आचार्यलाई बदनाम गरियो'

Advertisement

काठमाडौं । आचार्य समाजले एनसेलका लगानीकर्ता सतिशलाल आचार्य ‘आचार्य’ नभएको बताएको छ । समाजले बुधबार विज्ञप्ति जारी गर्दै सतिशलाल आचार्य नभई श्रेष्ठ भएको र उनी आफ्नो आचार्य समाजको सदस्य नभएको बताएको हो । 

आचार्य समाजले सतिशलाललाई राज्यको कर तत्काल तिर्न पनि अनुरोध गरेको छ । समाजको बैठकले व्यावसायी आचार्यलाई कर तिर्न बुझाउन बाँकी भए पारदर्शी हिसावले देशको प्रचलित नियम कानूनअनुसार तिर्न आग्रह गर्दै राजनीतिक दल, सरकारलगायत जिम्बेवार निकायले समेत गलत कार्य गरेको भए सुसंस्कृत रुपमा खबरदारी गर्न आग्रह गरेको छ ।

Advertisement

समाजका प्रवक्ता रामहरि आचार्यले आचार्य थरको खुला रुपमा बदनाम हुनेगरी एनसेलसँग जोड्ने काम गरेकाले विरोध जनाउनु परेको बताएको छ । अभिलेखअनुसार सतिशलाल यस समाजको सदस्य नरहेको र प्रारम्भिक अध्ययनअनुसार उनी कौडिन्य गोत्रीय आचार्य नभएको पाइएको बताएको छ । 

समाजका महासचिव सुभवराज आचार्यले सतिशलालका सम्वन्धमा विभिन्न टिकाटिप्पणी हुने र आचार्य समाजसँग जोडेर आलोचना हुने गरेकाले कुन आचार्य हो ? स्पष्ट गर्न आफूहरुले बाध्य भएर छलफल गरी विज्ञप्ति जारी गर्नुपरेको बताए । एनसेल प्रकरणले गर्दा आचार्य बन्धुहरुकै बदनाम भएको उनको गुनासो छ । 

undefined

Advertisement

Advertisement