काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र सिटी होटल लिमिटेडका लगानीकर्ताहरुको हात खाली हुने भएको छ ।
यी तीनवटै कम्पनी सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९÷८० को नाफाशबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको हो ।
प्रोग्रेसिभ फाइनान्स र उन्नति सहकार्य लघुवित्तको सञ्चालक समितिको उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।
त्यस्तै सिटी होटलको आगामी साधारण सभाबाट पारित भएपछि सञ्चालक समितिको प्रस्ताव कार्यान्वयनमा आउने छ । यसैबीच पुस २० गते उक्त कम्पनीको साधारण सभा डाकेको छ । साधारण सभा प्रयोजनका लागि पुस ८ गते आइतबार बुक क्लोज गर्ने निर्णय भएको कम्पनी सचिव सुन्दरबहादुर सेनीले जनाएका छन् ।