खर्बौं पर्ने एनसेल सरकारको संलग्नतामा कौडीको भाउमा बेच्न लागियोः ओली

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता भएको अरोप लगाएका छन् । 

बिहीवार तेह्रथुममा आयोजित सभामा उनले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नता बिना बेचिन नसक्ने दाबी गरे । ओलीले खर्बौंको कारोबार हुने र खर्बौंको मूल्य पर्ने कम्पनी केही अर्बमा मात्रै बिक्री गर्न लागिएको बताए । 

Advertisement

उनले देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गर्न लागेको बताउँदै चार वर्षमा सरकारकै स्वामित्वमा आउने कम्पनी कौडीका मूल्यमा सरकारले जालझेर गरेर बेच्न लागेको बताए । 

नागरिकहरुले सरकारको संलग्नत छ भने पनि सरकार यस विषयमा बोल्न नसकेको ओलीको भनाई छ । उनले भने, ‘हामीले चुनावमा भोट दिएर जिताइ पठाएका शासकहरु के गरिरहेका छन् अहिले ? क्विन्टलका क्विन्टल सुन एयरपोर्टबाट भित्रिन्छ । कति किलो सुन सिग्रेट भनेर भित्रिन्छ । कति किलो दिनैपिच्छे सुनका सुन देशमा तस्करी भइरहन्छ । यस्तो कति हो कति तस्करी भइरहन्छ ।’ 

ओलीले थपे, ‘सुनिन्छ अहिले एनसेल बेच्ने तयारी वा काम भइरहेको छ । यसमा सरकारको संलग्नता नहुने कुरै भएन । खर्बौंको कारोबार, खर्बौंको मूल्य पर्ने कम्पनी केही अर्बमा बिक्री हुँदैछ । सयौँ गुणा फरक छ यसमा । यत्रो अन्तर पारेर देशलाई घाटा पारेर अब तीन, चार वर्षपछि एनसेल आफैँ नेपाल सरकारको अण्डरमा आउने त्यस ठाउँमा सरकारले जालझेल गरेर अर्को कम्पनीमा नामसारी गरेर कौडीका मोलमा नामसारी गरेर कमीसनतन्त्रको जालोबाट देशलाई लुटतन्त्रमा लगेको छ । यो कुरा बाहिर आइरहेको छ । सरकार बोल्न सकिरहेको छैन । अवस्था यस्तो छ ।’

उनले सरकार कतिबेला ढल्छ भन्ने टुंगो नभएको जिकिर गरे । ओलीले यस्तो सरकार ढल्नै पर्ने र यो सरकार आफ्नै बोझले ढल्ने बताए । 

Advertisement

Advertisement