मंसिर–पुसमा ‘जाडो’ हुने भन्दै कांग्रेसले फागुनमा सार्यो महासमिति बैठक

Advertisement

काठमाडौं । सत्ताधारी दल नेपाली काँग्रेसले महासमितिको बैठक तेस्रो पटक सरेको छ । आज शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले महासमितिको बैठक आगामी फागुन ७ गतेदेखि १० गतेसम्म सार्ने निर्णय गरेको हो । 

बैठकपछि निर्णय सुनाउँदै सो पार्टीका नेता मिनबहादुर विश्वकर्माले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गोदावरीको हलमा गर्ने निर्णय भएको बताए । मंसिर–पुसमा जाडो हुने भन्दै महासमिति बैठक सार्ने शेरबहादुर देउवा समूहका नेताहरुले बताउँदै आएका थिए । 

Advertisement

यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो । तर सो मितिमा गर्न नसकिने भन्दै बैठक सारेर पुस १६ देखि १९ गतेसम्म पुर्याएको थियो । 

विश्वकर्माले बैठक सार्नुको कारण राष्ट्रिय सभाको निर्वाचन रहेको तर्क गरे । उनले राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको तर्फबाट भाग लिनका लागि दल दर्ता गर्ने निर्णय भएको र उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको बताए । 

भूकम्पपीडितलाई सरकारबाट घोषणा गरिएको ५० हजार रुपियाँ दिन अझै नसकेको बारे सरकारको ध्यानार्षण गराउने र अस्थायी टहरा निर्माणका लागि सरकारलाई दबाब दिने निर्णय भएको विश्वकर्माले बताए । 

Advertisement

Advertisement