काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले ५ प्रतिशत नगद (करसहित) लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको शुक्रबार बसेको गत आव २०७९÷८० को नाफाबाट ५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव हरिवहादुर बुढाथोकीले जनाएका छन् ।
उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताहरुले पाउने छन् । यसैबीच लाभांश पारित गर्न पुस २९ गते ३१औं वार्षिक साधारण सभा डाकिएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने निर्णय समेत भएको कम्पनी सचिव बुढाथोकीले जनाएका छन् ।