‘जाउँ है पोखरा’ले गर्दा ह्वात्तै पर्यटक बढेः सुवेदी

Advertisement

काठमाडौं । होटल संघ नेपाल (हान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष लक्ष्मण सुवेदीले ‘जाउँ है पोखरा’ अभियानले गर्दा पोखरामा ह्वात्तै आन्तरिक पर्यटक बढेको दावी गरेका छन् । 

हालै हानले पूर्वमा ‘जाउँ है पोखरा’ अभियान गरेलगतै पोखरामा आन्तरिक पर्यटक बढेको बताउँदै उनले पोखराको पर्यटन प्रवर्द्धन गर्न ‘जाउँ है पोखरा’ अभियान सुरु गरेकोमा यो प्रभावकारी बनेको दावी गरे । 

Advertisement

पूर्वपछि अहिले सुदूरपश्चिमा यो अभियान सञ्चालन गरिरहेको सुवेदीले जानकारी दिए । उनले भने, ‘हिजो भैरहवामा गर्यों । आज नेपालगञ्जमा । भोलि धनगढी र अर्को दिन महेन्द्रनगरमा गरी चार वटा शहरमा हामीले ‘जाउँ है पोखरा’ अभियान गर्दैछौं ।’ 

मंसिर २९ बाट सुरु भएको यो अभियान पुस ४ गतेसम्म चल्ने सुवेदीले जानकारी दिए । उनले पोखरामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथै नै यो अभियान सुरु गरेको बताउँदै पोखरामा हुनगइरहेको सडक महोत्सवको लागि पनि निमन्त्रणा गरिएको बताए । सुवेदीले भने, ‘यसमा हामीले पोखरामा यो–यो खालको प्याकेजहरुमा यति छुट हुन्छ । पोखरा यस्तो सेवा सुविधाहरु छन् भनेर जानकारी दिएर घुम्न आउन निमन्त्रणा गरेका छौं । अहिले पोखरामा निकै चहलपहल बढेको छ । ह्वात्तै पर्यटकहरु बढेका छन् ।’

उनले थपे, ‘हामी उहाँहरुलाई पोखरामा बोलाउन मात्र गएका होइनौं, हामी त्यहाँ पर्यटकको रुपमा पनि गएका हौं । हाम्रो टोलीमा २०–३० जना थियौं । हामी नै पर्यटक भएर गए पनि गएकाहरुमध्येबाट  सो क्षेत्रको पनि प्रवर्द्धन गर्न सहयोग पुग्छ ।’

Advertisement

Advertisement